काठमाडौं / काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका एकै परिवारका पाँच जनाको प्रहरीले गएराती सकुशल उद्धार गरेको छ । गएराति ८ बजे पाँच जना बेपत्ता भएको खबर प्राप्त भएपछि खोजीमा निस्किएको प्रहरीले उनीहरुलार्ई राति एक बजे चन्द्रगिरी जंगलमा सकुशल फेला पारेको हो ।

उद्धार गरिएकाहरुमा चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ, १५ वर्षे सौभाग्य गुरुङ, १३ वर्षे सहज गुरुङ, ११ वर्षे जेनिसा गुरुङ, र ७ वर्षे एरविन गुरुङ रहेका छन् । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयको कमाण्डमा बिपद् ब्यबस्थापन गुल्मको टोली समेत गरी ३७ जनाको प्रहरी टोली खटेको जनाइएको छ ।