पाल्पा  / पाल्पाको सदरमुकाम तानसेन बजारमा एक पुरुष मृत फेला परेका छन् । तानसेन–४ शिलखानटोल स्थित सडकको भित्तामा शनिवार ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका हुन् । 

सानै उमेरदेखि सडक मजदूरी गरेर जिविका चलाउँदै आएका गिरी तानसेन नगरपालिका–४ स्थित डेरामा बस्ने गरेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जनाएका छन् ।  गिरीको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । 

OM Sai Pathibhara Hospital

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा केहि दिनयता वर्षासहित हिमपात भएपछि निकै चिसो बढेको छ ।