धनकुटा / पूर्वकै पर्यटकीय क्षेत्रका रुपमा रहेको धनकुटामा निर्माणाधिन बहुसाँस्कृतिक संग्रहालय निर्माणको काम रोकिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि संग्रहालय निर्माणको काम रोकिएको हो ।

संग्रहालय निर्माणका लागि प्रदेश–१ सरकारले ७० तथा गाउँपालिकाले ३० प्रतिशत रकम ब्यहोर्ने संझौता भएको थियो । तर, प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले दुुई वर्ष यता संग्रहालयका लागि बजेट उपलब्ध गराएको छैन् । स्थानीय जातजातिको संस्कार संस्कृति, बाजागाजा र पोशाक संरक्षण–प्रवर्द्धनका लागि संग्रहालय बनाउन सुरु गरिएको थियो । तर, अहिले केहि संरचना बने पनि अधिकांश संरचना लथालिङ्ग अवस्थामा रहेका छन् ।

OM Sai Pathibhara Hospital

यो संग्रहालयको निर्माण सम्पन्न भए भेडेटार आउने पर्यटकका लागि अर्का गन्तव्य थपिने स्थानीय बताउँछन् ।