मोरङ// मोरङ प्रहरीले चाँदीको विभिन्‍न गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ ।

मोरङ सुनवर्षी नगरपालिका- ९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाइ प्रहरीले पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल भएको  पाउजु ठूलो २० थान,सानो पाउजु ११८ थान, टिकटक पाउजु ७ जोडी, खुल्ला पाउजु ८३ जोडी र पातलो पाउजु २४६ थान)  चाँदीको गहना बरामद भएको प्रहरीले बताएको छ।

उक्त गहनाको मूल्य सात लाख  बराबरको रहेको प्रहरीले बताएको छ।

सहनीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँच गर्ने क्रममा उक्त चाँदी फेला परेको हो।

पक्राउ परेकी उनीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ।