सप्तरी //सप्तरीको  एक साबुन उद्योगमा आलागी भएको छ।

सप्तरीको राजविराज-७ स्थित माँ छिन्नमस्ता साबुन उद्योगमा मंगलबार दिउँसो आगलागी भएको हो।

OM Sai Pathibhara Hospital

उक्त आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उद्योगमा तयारी अवस्थामा राखिएको १२ सय कार्टुन लुगा धुने साबुन र १ हजार बोरा तयारी सरफ जलेर नष्ट भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी गराएका छन् ।

उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।