झापा // पूर्वी नाकाबाट  सशस्त्र प्रहरीले बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ। 

मंगलबार  भारतबाट नेपाल भित्र्याउने तयारी भइरहेको अवस्थामा सशस्त्र प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो।

OM Sai Pathibhara Hospital

कमरसियल डेटोरेन्ट ८० थान र नेपोलाइट ९१  लोला पूर्वी नाकास्थित मेची खोलाको नेपाल–भारत सीमास्तम्भ ९०/१ र ९०/२ मा बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल दुई नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले जानकारी गराएका छन्। 

उपरीक्षक भण्डारीका अनुसार  सो पदार्थ पछाडि बोक्ने झोलाभित्र प्लास्टिक र कपडाले बेरेर बालुवामा गाडिएको अवस्थामा फेला पारिएको थियो।

विस्फोटक पदार्थ ल्याउने व्यक्ति नेपाली नै हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले  जानकारी गराएका छन्।