काठमाडौं / प्रहरीले काठमाडौंको मित्रपार्कमा युवकको शव फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति सवा ११ बजे स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा एक युवकको शव फेला परेको हो ।

घटना एक आपसमा झगडा हुँदा घटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् भने झगडा गर्ने अर्का एक जना फरार छन्।

OM Sai Pathibhara Hospital

हाल प्रहरीले मृतक युवकको मृत्यु कुटपिट वा अन्य कारणबाट भएको भन्नेबारे थप अनुसन्धान गरिररहेको बताइएको छ । मृतकको परिचय भने खुल्न सकेको छैन ।