एजेन्सी / पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम पब्जीका कारण आफ्नी आमासहित तीन दाजु र दिदीबहिनीलाई गोली हानेर हत्या गरेका छन्। 

गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको शव भेटिएको थियो।

OM Sai Pathibhara Hospital

परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सुरक्षित थिए। प्रहरीका अनुसार ती बालकले नै उनीहरूको हत्या गरेको गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय सञ्चारमाध्यम एनडिटिभी इन्डियाले जनाएको छ ।

बयानमा भनिएको छ , केटा पब्जी खेलाडी भएको र उनले खेलको प्रभावमा आफ्नी आमा र भाइबहिनीको हत्या गरेको स्वीकार गरेका छन्। दिनको धेरै समय अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक समस्या देखिन थालेको छ।

पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’ खेलेको भन्दै आमाले छोरालाई बारम्बार गाली गर्ने गरेको प्रहरीले जनाएको छ ।