झापा / पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा विश्वमा एकै दिनमा ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण भएको छ ।

संक्रमित मध्ये सबै भन्दा धेरै अमेरिकामा ३ लाख ९२ हजार र फ्रान्समा ३ लाख ५३ हजार छन् । यस्तै‚ भारतमा २ लाख ३२ हजार, ब्राजिलमा २ लाख ५१ हजार, इटालीमा १ लाख ४३ हजार, स्पेनमा १ लाख १८ हजार, जर्मनीमा १ लाख ८९ हजार संक्रमित थपिएका छन् ।

OM Sai Pathibhara Hospital

यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ६३१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अमेरिकामा २ हजार १८३, भारतमा ८६२, ब्राजिलमा ७१५, फ्रान्समा २६३, बेलायतमा २७७, रसियामा ६७३, टर्कीमा २१०, इटालीमा ३७८‚ स्पेनमा १९९, अर्जेन्टिनामा ३०५, जर्मनीमा १७९, कोलम्बियामा २६८, मेक्सिकोमा ४९५ र पोल्यान्डमा २७१ जना रहेका छन् । विश्वभर सक्रिय सङ्क्रमितको संख्या ७ करोड नाघेको छ ।