विराटनगर  / मोरङ व्यापार संघको भर्खरै सम्पन्न निर्वाचित नयाँ कार्य समितिको पदस्थापन गरिएको छ ।

गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहले अध्यक्ष पदमा नवीन रिजाललाई चयन गरेको थियो ।

OM Sai Pathibhara Hospital

२००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योगवाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औँ कार्यसमितिका अध्यक्ष हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार शा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शारडा निर्वाचित भए ।

सचिवमा संजय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल, सदस्यमा अमित साराडा, विनित सिङ्घानियाँ, मनीष मारु, श्याम राठी , सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष् गोल्छा र पवन राठी निर्वाचित भएका छन् । 

संघका ८ वटा विभिन्न शाखाबाट उर्लाबारी शाखाका चन्द्र भट्टराई सदस्यमा चुनिएका छन्। अध्यक्ष रिजालले अमित राठी, विवेक अग्रवाल, अरविन्द अग्रवाल र गोपाल अग्रवाललाई सङ्घको कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन्।

त्यस्तै आमन्त्रित सदस्यमा वन्दना जैन र ओमप्रकाश शर्मालाई मनोनीत गरिएको छ ।