झापा(एजेन्सी) रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाइन नथए नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने चेतावनी दिएको छ । 

नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने वर्लिनस्थित अधिकारीहरूले बुधबार बताएका थिए । 

OM Sai Pathibhara Hospital

रसियाले युक्रेन अतिक्रमण गरे आफूहरूले रसियाको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरूले बताउँदै आएका छन् । र, उनीहरूका पछिल्ला टिप्पणीले आकर्षक पाइपलाइन परियोजनामा पश्चिमा देशको अडान कठोर रहेको देखिन्छ ।

रसियाले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, पश्चिमा मुलुकहरु उसको भनाईप्रति शंका गर्दै आएका छन् ।