एजेन्सी / भारतको महाराष्ट्रस्थित एक अदालतको निर्देशनमा मुम्बई प्रहरीले अल्फाबेट र गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच अधिकारीहरूमाथि प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा दायर गरेको छ। 

फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीमा गुगलले आफ्नो अनुमति विना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । 

OM Sai Pathibhara Hospital

युट्युब अल्फाबेटकै एक कम्पनी हो। सुन्दर पिचाई पनि भारतीय मूलका अमेरिकी नागरिक हुन्। पिचाईलाई एक दिनअघि मात्र भारतको तेस्रो ठूलो सम्मान नागरिक पद्म विभूषण दिने घोषणा गरिएको थियो।