झापा(एजेन्सी) अमेरिकाले आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान आग्रह गरेको छ । 

पछिल्लो समय भारतमा कोरोना संक्रमण, बलात्कार र जम्मू–काश्मीरमा आतंक बढेको भन्दै अमेरिकी सरकारले भारत भ्रमणमा नजान आग्रह गरेको हो । 

OM Sai Pathibhara Hospital

अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै लेभल–थ्री यात्रा र स्वास्थ्य सूचना जारी गरेका बेला यस्तो ट्राभल एडभाइजरी आएको हो ।

यस्तै अमेरिकी नागरिकले जम्मु काश्मीरको पूर्वी लद्दाख क्षेत्र र यसको राजधानी लेह बाहेकमा देखिएको आतंकवाद र नागरिक अशान्तिलाई ध्यानमा राख्दै यात्रा नगर्नु भनेको छ ।

अमेरिकाले पाकिस्तानलाई पनि ट्राभल एडभाइजरी लेभल–थ्री मा राखेको छ। पाकिस्तानमा आतंकवाद र पृथकतावादी हिंसा बढिरहेको अमेरिकी ठहर छ ।