काठमाडौं / अन्तरिक्षको क्षेत्रमा काम गर्दै आएका विश्वप्रसिद्ध उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भइ चन्द्रमामा ठोक्किएर विस्फोट हुने अवस्थामा पुगेको छ । रकेट आउँदो मार्च ४ मा चन्द्रमामा ठोक्किने र लगत्तै बिस्फोट हुने खगोलविद्हरुले बताएका छन् ।

फाल्कन नाइन बुस्टर नामको यो रकेट सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । अभियान पूरा भएपछि पृथ्वीमा फर्कनु पर्नेमा पर्याप्त इन्धन नभएपछि चन्द्रमातर्फ सोझिएको वैज्ञानिकहरुले बताएका छन् ।

OM Sai Pathibhara Hospital

अमेरिका के हार्वर्ड–स्मिथसोनियन सेन्टरका खगोलविद् प्राध्यापक जोनाथन म्याकडावेलले बीबीसीसँग कुरा गर्दै चन्द्रमासँग ठोक्किने यो पहिलो रकेट हुने बताएका छन् । तर, यसको प्रभाव भने न्यून हुने उनको भनाइ छ ।

म्याकडावेलले पछिल्लो दशक अन्तरिक्षमा पचास वटा यस्ता ठूला वस्तु हराएको भन्दै चन्द्रमामा ठोक्किएको हुन सक्ने भए पनि स्पष्ट जानकारी भएको यो पहिलो घटना हुने बताए ।