काठमाडौं / बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएकाले दैनिक सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । 

संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो । 

OM Sai Pathibhara Hospital

कुल सङ्क्रमितहरूको मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन भने ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो समय एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएको छ । त्यसैले भारतमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ । जबकी अघिल्लो दिन २२ लाख ३६ हजार ८४२ रहेको थियो ।