एजेन्सी / दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दङ्गामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।

मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।

OM Sai Pathibhara Hospital

सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । 

यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीच समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।