एजेन्सी  / जर्मनीको एक विश्वविद्यालयमा गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ ।

जर्मनीको हाइडेलवर्ग युनिभर्सिटीमा प्रवेश गरेका सोही विश्वविद्यालयका एक विद्यार्थीले एक जनाको हत्या गरी आफैंलाई पनि गोली प्रहार गरेका थिए । घटनामा ३ जना घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

२ वटा बन्दुक बोकेका ती व्यक्ति विश्वविद्यालयमा कक्षा सञ्चालन भइरहेको अवस्थामा कोठामा प्रवेश गरेर विद्यार्थीमाथि गोली प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।