एजेन्सी / इन्डोनेसियाको पश्चिमी पपुवामा  मंगलबार बिहानीपख एक रात्रि क्लबमा भएको द्विपक्षीय भिडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।

 त्यहाँ दुई समूहबीचको आपसी झडपले उग्र रूप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एकजनाको ज्यान गएको थियो ।