धनकुटा / धनकुटाबाट श्रीमतीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका –४ छारागाउँका ५५ वर्षीय सिताराम श्रेष्ठ रहेका छन् । 

गत पौष १६ गते धनकुटा –४ की ५५ वर्षीया सिता श्रेष्ठ बेपत्ता भएको हुलिया निवेदन परेसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो । 

OM Sai Pathibhara Hospital

खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसँगै सूक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाडौँबाट माघ ९ गते पक्राउ गरेको थियो । 

पक्राउ परेका श्रेष्ठलाई प्रहरीले सोधपुछ गर्दा आफैले श्रीमतीको हत्या गरी घर भित्र गाडेको बयान दिएका थिए । उनको बयान पश्चात घटना स्थलको उत्खनन गर्दा सिताको शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो ।