कन्चनपुर / गत पुस ९ गते छोरासहित घरबाट निस्किएकी कन्चनपुर वेदकोट नगरपालिका –९ स्थायी ठेगाना भएकी संगीता धामी (हनु राई) अझै परिवारको सम्पर्कमा आएकी छैनन् । 

२६ वर्षीया उनको साथमा पाँच वर्षीय छोरा हिमांशु पनि रहेको श्रीमान प्रदिप धामीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

सम्पर्कविहीन भएकी महिलासँग  स्थानीय एक २५ वर्षीय युवक पनि बेपत्ता भएको हुँदा उनिहरुसँगै बसेको हुनसक्ने आशंका रहेको श्रीमान प्रदिप धामीको भनाइ छ । 

रोजगारीको क्रममा एक वर्षदेखि भारतमा रहेका प्रदिप श्रीमती सम्पर्क विहीन भएको खबर पाएपछि नेपाल आएको बताउँछन् । 

प्रदिप धामीले भने, –‘श्रीमती छोरासहित बेपत्ता भएको खबर पाएपछि नेपाल आएको थिए । स्थानीय २५ वर्षीय युवकसँग भागेकी हुन् भनेर परिवारले भन्छन् । उसको (श्रीमतीको) माइतीमा बुझ्दा पनि ती युवकसँग काठमाडौँको चोभारतिर डेरागरी बसेका छन् भन्ने खबर पाएको छु । तर, उसको मोबाइल बन्द छ ।’ ।

श्रीमतीको माइतीका अनुसार संगीता छोरासहित स्थानीय युवकसँग काठमाडौँको चोभारतिर सँगै बस्दै आएको भन्दै अनुसन्धानका लागि शनिबार महानगरीय प्रहरीवृत्त किर्तिपुरमा निवेदन दिएको प्रदिपले बताए ।