एजेन्सी / अफगानिस्तानमा अत्यधिक हिमपातका कारण  ४२ जनाको मृत्यु भएको छ । हिमपातमा परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् ।

तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरूले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरूमा क्षति पुगेको पनि जनाएका छन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरूको भनाई छ । उनीहरूले हिमपातबाट प्रभावितहरूलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराइएको पनि उल्लेख गरेका छन् ।

प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरूलाई खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीहरूले बताएका छन् ।