काठमाडौं / नेपाल राष्ट्र बैंकले  बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८० “ङ” नामक ऋणपत्र बिक्री गर्ने भएको छ। उक्त ऋणपत्र १० अर्ब रुपैयाँ बराबरको रहेको छ।

यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। 

OM Sai Pathibhara Hospital

२ वर्षको लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्र धितो राखेर ऋण निकाल्न पाइने तथा उक्त ऋणपत्रको अर्धवार्षिक रुपमा ब्याज पाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

यो ऋणपत्र माघ ११ गते दिउँसो २ बजेसम्ममा बोलकबोल गर्न सकिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्कासन मिति माघ १२ गते तोकेको छ। यसैगरी सावा भुक्तानी मिति २०८० माघ १२ गते तोकिएको छ।