काठमाडौँ / नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।

धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। 

OM Sai Pathibhara Hospital

धितोपत्र बोर्डको सञ्चालक समितिको गत माघ ५ गते बसेको बैठकले भने यी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने निर्णय गरेको थियो। 

अब बलेफी हाइड्रोपावर स्थानीय र सर्वसाधारणका लागि कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी ग्रीन भेन्चरले स्थानीय र सर्वसाधारणका लागि कुल ६२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ निष्कानकर्तामा लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ। 

नेष्डो समृद्ध लघुवित्तले सर्वसाधारणका लागि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। 

त्यस्तै जाल्पा सामुदायिक लघुवित्त ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्नेछन्। 

यी कम्पनीका धितोपत्र बिक्री प्रबन्धकमा क्रमशः प्रभु क्यापिटल, एनआईबीएल एस क्यापिटल र एनआईसी एसिया क्यापिटल रहेका छन्।