काठमाडौँविश्‍वभरि कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ ।

यो भेरियन्टलाई बीए –२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए –२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यी मध्ये ६ बालबालिका छन् । 

OM Sai Pathibhara Hospital

बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पहिचान नहुँदा यसको संक्रमण रोक्न निकै ठूलो चुनौती हो । चिन्ताको विषय यो हो कि यो टेस्ट किटमा पनि देखिँदैन ।

त्यसैले यसलाई ‘स्टेल्थ’ अर्थात् अर्थात् लुकेको भर्सन बताइँदैछ । बेलायत, स्विडेन र सिंगापुर मध्ये हरेक देशले सयभन्दा बढी स्याम्पल अनुसन्धानको लागि पठाएको  छ । 

कोरोनाका विभिन्न भेरियन्टमाथि अनुसन्धान गरिरहेको युनिभर्सिटी अफ जेनेभाका निर्देशक फ्लेहल्टका अनुसार यसको नाम सुनेर डराउनुपर्ने स्थिति छैन तर सतर्कता भने अपनाउनुपर्छ ।

नयाँ भर्सन बीए –२ ओमिक्रोनजस्तै संक्रामक छ तर यो कति खतरनाक छ भन्नेबारे कुनै जानकारी छैन । कोरोनाको नयाँ भेरियन्ट बीए –२ को लक्षण आमिक्रोनको जस्तै छ ।