विराटनगर  / आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा प्रदेश नम्बर १ बाट प्रहरीले १९ करोड आठ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रदेशका १४ जिल्लाको प्रहरीले ६ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार एक सय ६८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी कैद भुक्तान गराउँदा करोड २५ लाख ९० हजार चार सय ५२ रुपैयाँ राजस्व संकलन भएको छ । 

OM Sai Pathibhara Hospital

यसैगरी अवैध रुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै उनीहरूबाट पाँच करोड ५८ लाख ८० हजार पाँच सय ६७ रुपैयाँ राजस्व संकलन भएको छ । 

नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना मानिस र पाँच सय १५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै २० लाख १९ हजार दुई सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गरी १९५२ क्युफिट काठ बरामद गर्दा ४४ लाख चार हजार ६ सय ६६ रुपैयाँ राजस्व संकलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेशका प्रहरी प्रवक्ता नवीनराज राईले ट्राफिक व्यवस्थापन तर्फ सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने एक लाख ३१ हजार पाँच सय ७६ वटा सवारी साधनलाई कारबाही गर्दा आठ करोड ५९ लाख ६४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको बताए । उनी अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा १४ जिल्लामा जम्मा तीन हजार ६ सय २७ मुद्दा दर्ता भएका छन् ।

समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा जिल्लामा प्रहरी परिचालन गरिएपछि सो सफलता हासिल भएको उनले जानकारी दिए । 

यसैगरी लागूऔषध नियन्त्रणतर्फ गाँजा तीन सय ८२ किलो आठ सय ९९ ग्राम, चरेस १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर एक किलो चार सय २५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सुल १० हजार ६८, मनोद्धिपक एम्पुल तीन हजार आठ सय ७५ र मनोद्धिपक औषधि चार सय ७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको सात लाख ५१ हजार सात सय ७८ बोट गाँजा नष्ट प्रहरीले नष्ट गरेको छ ।