काठमाडौँ  / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ ।

गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा तीन सयले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

 महासङ्घका अनुसार  गत साताको अन्तिम दिन शुक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।