काठमाडौं  / अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

इन्धन ट्याङ्कीमा जडान गरिएको बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

OM Sai Pathibhara Hospital

हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो । अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय सङ्कटको अवस्था सिर्जना भएको विवरणहरू सार्वजनिक भइरहेका छन् ।