एजेन्सी / पाकिस्तानको राजधानी इस्लामाबादस्थित विमानस्थलमा करिब एकसय कर्मचारी कोरोना संक्रमित भएका छन् ।

पाकिस्तानमा कोरोना भाइरस संक्रमित बढिरहेका वेला इस्लामावाद एयरपोर्ट उच्च अधिकारीसहितका एक सयजना कर्मचारीमा संक्रमण पुष्टि भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

OM Sai Pathibhara Hospital

इस्लामावाद एयरपोर्टमा सुरुमा एयर ट्राफिक कन्ट्रोलर एटीसी टावरका केही अफिसरहरूमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको थियो। त्यसपछि विमानस्थलमा रहेका अन्य अधिकारी र कर्मचारीहरुमा संक्रमण फैलिएको स्वास्थ्य अधिकारीहरूलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

संक्रमित कर्मचारीमा एटीसी सञ्चालक, महनिर्देशक, सहायक निर्देशक र एटीसी कन्ट्रोललगायतका वरिष्ठ अधिकारी रहेका छन् । अधिकारीहरूका अनुसार इस्लामावाद एयरपोर्टमा रोकथामका प्रभावकारी उपायहरू अपनाइएका कारण संक्रमण थप फैलिने खतरा बढेको छ । सञ्चारमाध्यमहरुका अनुसार इस्लामावाद विमानस्थलमा हजारौँ यात्रुको कोभिड–१९ परीक्षण भइरहेको छ ।

इस्लामावाद एयरपोर्टमा पूर्ण क्षमतामा विमानहरु सञ्चालन भइरहेका छन् । जसका कारण भिडभाड बढेको भन्दै विमानस्थल अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानमा महामारीको सुरुवात पछिको सबैभन्दा उच्च संक्रमणदर देखिएको छ ।