एजेन्सी / यमनको उत्तरी क्षेत्रको सादास्थित अस्थायी बन्दी गृहमा साउदी नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गर्दा   ७० जनाको मृत्यु भएको छ  भने  २ सय भन्दा बढी घाईते भन्दा बढि घाइते भएका छन ।

गत सोमबार हुथी विद्रोहीले साउदी अरबमा गरेको आक्रमणको बदलामा गठबन्धन सेनाले शुक्रबार आक्रमण गरेको बीबीसीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

संयुक्त राष्ट्र संघले गठबन्धन सेनाले गरेको हवाई आक्रमणको निन्दा गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले आक्रमण रोक्न र आक्रमणको छानबिन गर्न आह्वान गरेका छन् ।

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी विद्रोही लक्षित कारवाही चलाइरहेको छ । संघर्षका कारण बालबालिकासहित दशौं हजार मानिस मारिएका र घाइते भएका छन । लाखौं विस्थापित भएका छन् । संघर्षका कारण अधिकांश मानिस भोकमरीको चपेटामा परेका छन् ।