एजेन्सी/ मुम्बईको तारादेओ क्षेत्रमा रहेको २० तल्ले कमला भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । सो भवनको १८औं तल्लामा आज( शनिवार) बिहानै आगो लाग्दा १७ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय गोवालिया ट्यांकमा अवस्थित गान्धी अस्पताल नजिकैको क्षेत्रमा आगलागीको घटना भएको हो ।

OM Sai Pathibhara Hospital

घटनाबारे विस्तृत जानकारी आउने क्रम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि १३ वटा दमकल परिचालन गरिएको थियो ।