काठमाडौं  /  घानाको यपिएट शहरमा भयङ्कर विस्फोट  हुदाँ  कयौं घर ध्वस्त साथै १७ जनाको शव भेटिएको बीबीसीले जनाएको छ ।   

सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फोट भएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

स्थानीय मिडियाहरूले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फोट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।

घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।