एजेन्सी  / भारतमा पछिल्लो २४ घण्टामा झण्डै साढे ३ लाख कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएको शुक्रबार जानकारी दिएको हो । 

यो संख्या अघिल्लो २४ घण्टाको तुलनामा २९ हजार ७२२ ले धेरै रहेको पनि मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ७०३ जनाले ज्यान गुमाएका छन् । २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । 

अहिले भारतमा २० लाख १८ हजार ८ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । संक्रमणदर १७।९४ प्रतिशत रहेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि हुनेको संख्या ९ हजार ६९२ पुगेको छ ।