काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

हिजो प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार  भएको थियो । यसैगरी, आज तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार महासङ्घले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको छ