काठमाडौं / समयमै काम सम्पन्न नगर्ने ७ निर्माण कम्पनीहरू कालो सूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई बुधबार कालोसूचीमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको कार्यलयले गरेको उक्त निर्णय आजदेखि कार्यान्वयन हुने छ ।
कालो सूचीमा पर्ने कम्पनी र व्यक्तिहरूमा बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तुलसीपुर ६ दाङ जसका मुख्य व्यक्ति जगराज बालन योगी रहेका छन् । उक्त कम्पनीलाई १ वर्ष कालो सूचीमा राखिएको छ ।
वरदान कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालि जडिबुटी ३२ काठमाडौं जसका मुख्य व्यक्ति तिलक पाण्डे रहेका छन् । यो कम्पनीलाई १ वर्ष कालोसूचीमा राखिएको छ ।
डाइनोग्नोकेम – जसशम्भू जेभी काठमाडौं महानगरपालिका ५ हाँडी गाउँ जसका मुख्य व्यक्ति विज्ञान कुमार अर्याल रहेका छन् । यो कम्पनीलाई २ वर्ष कालो सूचीमा राखिएको छ । खग्रीन टेक प्रोजेक्ट प्रालि अनामनगर काठमाडौं, जसको प्रमुख व्यक्ति निहाल गुरुङ रहेका छन् । यो कम्पनीलाई २ वर्ष कालो सूचीमा राखिएको छ ।
त्यस्तैगरी कालोसूचीमा पर्ने कम्पनी र व्यक्तिहरूमा एस एन सी निर्माण सेवा प्रालि राप्ती सोनारी ८ बाँके चेतबहादुर बूढा मुख्य व्यक्ति रहेका छन् । जसको कालो सूची अवधि १ वर्ष रहेको छ । शाह निर्माण सेवा लुम्बिनी सांस्कृतिक नगरपालिका २ रुपान्देशी मुख्य व्यक्ति इनामुल्लह फकिर रहेका छन् । उक्त कम्पनीलाई १ वर्ष कालो सूचीमा राखिएको छ ।
त्यस्तै आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगरपालिका काठमाडौं महाराजगञ्ज रञ्जन रायमाझी मुख्य व्यक्ति रहेका छन् । उक्त कम्पनीलाई कालो सूचीमा ३ वर्ष राखिएको छ ।
कालो सूची अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।