काठमाडौँ / पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ ।

यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै सङ्क्रमितको संख्या दिनहुँ बढेको छ । 

OM Sai Pathibhara Hospital

भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ ।

सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।