बिर्तामोड  / आज (बुधबारं) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको बजारमा मंगलबार १० अंकको करेक्सन आएको थियो । 

बुधबार उतार चढावकाबीच नेप्से ३८ अंकले ओरालो लागेर २८ सय ९८ कायम भएर थामियो । कारोबार पनि ६ अर्बमा खुम्चियो । सबै समूह ओरालो लाग्दा जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय २५ अंकको गिरावट आयो ।

OM Sai Pathibhara Hospital

निर्जीबन बीमा र उत्पादनमूलक समूहमा पनि सय अंक माथिको कमी आयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर ६ अर्ब बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ६५ कम्पनीको शेयर मूल्य बढ्दा २० को बढ्यो भने ६ को स्थिर रहेको नेप्सेले जनाएको छ ।