एजेन्सी / भारतमा एकैदिन दुई लाख ८२ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० नयाँ संक्रमित थपिएका हुन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४१ जनाको ज्यान गएको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार तथा दैनिक संक्रमणदर १५.१३ प्रतिशत छ ।

OM Sai Pathibhara Hospital

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ९६१ पुगेको छ । अघिल्लो दिनको तुलनामा ओमिक्रोन भेरियन्टका संक्रमतको संख्या ०.७९ प्रतिशतले बढेको हो ।