बिर्तामोड (नागरिक दैनिकबाट)  दिनहुँ कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै राजधानीका मुख्य कोभिड अस्पतालको सेवा प्रभावित हुन थालेको छ।

टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ।

OM Sai Pathibhara Hospital

निर्देशक डा दिनेश काफ्लेका अनुसार अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएका बिरामीमा कोरोना पुष्टि भएपछि यो सेवा रोकिएको छ। त्यसैगरी स्वस्थ जनशक्ति कम भएपछि अस्पतालको नियमित शल्यक्रियासमेत कम भइसकेको र आकस्मिक शल्यक्रिया मात्र चलाएको उनले बताए। ‘अप्रेसन गरेका बिरामीसमेत संक्रमित भएपछि कोभिड वार्डमा सार्नुपरेको अवस्था छ’, उनले भने, ‘अप्रेसन गरे पनि बिरामी कुरुवा र सामुन्नेका बिरामीबाट अपे्रसन गरेका बिरामीलाई कोभिड सरेमा निको नहुने डर हुन्छ।’

उता वीर अस्पतालमा पनि सोमबारसम्ममा १ सय २ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेको अस्पतालले जनाएको छ। दैनिक संक्रमित हुने क्रम बढेपछि अस्पतालको अन्कोलोजी वार्ड, प्याथोलोजी र रेडियोलोजी सेवा प्रभावित भइसकेको छ।

सोमबारसम्ममा यो अस्पतालमा ४२ जना नर्सिङ कर्मचारी र २५ जना चिकित्सकमा संक्रमण पुष्टि भएको छ। यो क्रम जारी रहेमा नियमित सेवा अवरुद्ध हुने अस्पतालका कोभिड १९ संयोजक डा।प्रज्वल श्रेष्ठले बताए। जनशक्ति कम हुँदै गएपछि दुईवटा वार्डका बिरामीलाई एउटै वार्डका नर्सले हेरचाह गर्नुपरेको डाश्रेष्ठले बताए।

हाल अस्पतालमा ८१ जना कोरोना संक्रमित रहेकोमा १६ जनाको आइसियु, ५ जनाको हाइडिपेन्डेन्सी युनिट र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारसम्ममा ८० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन्। यसका कारण स्वस्थ स्वास्थ्यकर्मीलाई ड्युटीको भार परेको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए। ‘कतिपय विभागमा सबै जना संक्रमित भएका छन्’,उनले भने। अस्पतालका ३८ जना स्वास्थ्यकर्मी र ४२ जना कर्मचारी संक्रमित भएका हुन्। ‘तानतुन गरेर काम चलाइरहेका छौं। योभन्दा तीव्र गतिमा बढेमा चुनौती हुने देखिन्छ’, उनले भने।