काठमाडौँ /  त्रिभुवन विमानस्थल भन्सार कार्यालय चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा बढि राजस्व संकलन गर्न सफल बनेको छ ।

विमानस्थलबाट हुने गरेको सुन आयातमा अर्थमन्त्री जनार्दन शर्माले कडाइ थालेसँगै राजस्व संकलन बढेको हो । 

OM Sai Pathibhara Hospital

ठूला सुन व्यवसायीले खाडी मुलुकमा आफ्ना मान्छे नै राखेर नेपाल आउने नागरिकलाई भरियाका रुपमा उपयोग गरी सुन ल्याउने गरेको पाइएपछि अर्थमन्त्री शर्माले मन्त्रालयका कर्मचारी नै खटाएर मंसिर पहिलो साताबाट कडाइ थालेका थिए ।

विकास खर्च गर्न नसकेको आरोप खेपीरहेका शर्मालाई विमानस्थलबाट भएको राजश्व वृद्धिले थोरै भएपनि राहत मिलेको छ ।

सुन आयातमाथि उनले कडाइ थालेसँगै सुन तस्करी समेत घटेको छ । प्रतिदिन औसतमा १५ केजी सम्म आयात हुने गरेको विमानस्थलबाट शर्माको कडाइका कारण घटेको समेत विमानस्थल अधिकारीले जानकारी गराएका छन् ।

विदेशबाट स्वदेश फर्किने नेपालीका लागि सरकारले सहुलियत दिएको व्यवस्थाको फाइदा उठाउँदै सुन तस्करीमा संलग्नले नेपाल आउने यात्रुलाई भरियाका रुपमा उपयोग गरी सुन तस्करी गर्ने गरेका थिए ।  

चालु आर्थिक वर्षमा सरकारले ६ महिनाको अवधिमा कूल १३ अर्ब ५६ करोड राजस्व संकलन गरेको छ । लक्ष्यको तुलनमा १५ दशमलव ७ प्रतिशतले बढी राजश्व असुली भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिनाको अवधिमा विमानस्थल भन्सार कार्यालयले ८ अर्ब ४ करोड रुपैयाँ संकलन गरको थियो। गत वर्षको तुलनामा चालु वर्षमा विमानस्थल भन्सारमा राजस्व असुली ६८ दशमलव ६ प्रतिशतले वृद्धि भएको  भन्सार विभागले जनाएको छ ।