बिर्तामोड /  सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो । 
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजाबी सुनको भाउ ९२ हजार कायम भएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ ।