काठमाडौँ / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि करिब ४६ अर्ब ७० करोड रुपियाँ (३९ करोड ५९ लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । 

कोषले ‘इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (ईसीएफ)’मार्फत शून्य ब्याजदरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । 

OM Sai Pathibhara Hospital

ऋण सहायतामध्ये करिब १३ अर्ब चार करोड रुपियाँ तत्काल पहिलो किस्तामा प्राप्त हुने र बाँकी रकम क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यो सहायताले कोभिड –१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा गरिबी निवारणसम्बन्धी नेपालले लिएको सुधारका प्रयासलाई निरन्तरता दिन प्रयोग गरिनेछ । 

कोषबाट प्राप्त हुने सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरेर खर्च सकिनेछ । चालू आर्थिक वर्षको बजेटमा पनि उक्त स्रोत उल्लेख गरिएको छ ।