बिर्तामोड  / सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

पछिल्लो चार दिनदेखि निरन्तर सुनको मूल्य बढिरहेको हो । 
यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ । 

OM Sai Pathibhara Hospital