बिर्तामोड (राजधानी दैनिकबाट) पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना देखिएको हो ।

OM Sai Pathibhara Hospital

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई आधार मान्ने हो भने हालसम्म बनाइएका भ्याक्सिनले ओमिक्रोन भेरियन्टलाई काम नगर्ने देखिएको छ । जुन निकै नै चिन्ताको विषय हो, त्यसैले विशेष सतर्कता अपनाउनु नै सर्वोत्तम उपाय हो 

संक्रमण दरको अवस्था हेर्दा कुल परीक्षणमध्ये २० पुसमा ४ दशमलव २ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, २१ पुसमा ४ दशमलव ३ प्रतिशत, २२ पुसमा ४ दशमलव ५ प्रतिशत, २३ पुसमा ६ दशमलव ५ प्रतिशत, २४ पुसमा ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको छ । त्यस्तै, २५ पुसमा ९ दशमलव ६ प्रतिशत, २६ पुसमा १५ दशमलव ६ प्रतिशत र २७ पुसमा १८ दशमलव ६ प्रतिशत संक्रमण भएको देखिएको छ ।

२२ पुसयता कोरोना संक्रमण दर ह्वात्तै बढेको देखिएको छ ।