ब्रसेल्स(एजेन्सी)  युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

उनका प्रवक्ताले स्थानीय समयानुसार बिहान १.१५ मा उनको निधन भएको पुष्टि गरेका छन् । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

OM Sai Pathibhara Hospital

इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए । उनी युरोपेली संसद्को अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएका थिए ।