काठमाडौँ / पाकिस्तानी तालिवान तथा तेहरीक–ए–तालिबान पाकिस्तानका पूर्व प्रवक्ता खालिद बाल्टी अफगानिस्तानमा मारिएका छन् ।

अल जजिराका अनुसार अहिले तालिवान र सरकारबीचको वार्ता रोकिएको अवस्थामा पाकिस्तानी तालिबानका शीर्ष नेता अफगानिस्तानको नान्गरहार प्रान्तमा मारिएका हुन् ।

OM Sai Pathibhara Hospital

समाचारमा उल्लेख गरिएअनुसार पाकिस्तानको सीमानजिक रहेको क्षेत्रमा उनी मारिएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा थप जानकारी भने आउन बाँकी रहेको समेत समाचारमा उल्लेख गरिएको छ ।