झापा(एजेन्सी) अमेरिकाको न्युयोर्कस्थित एक अपार्टमेन्टमा आइतबार आगलागी हुँदा ९ जना बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा घाइते भएका ३२ जनालाई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

१९ तले भवनका सबै तलामा घाइते भेटिएको अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानियल निग्रोले जानकारी दिएका छन् । न्युयोर्कमा ३० वर्षयता नै आगलागीबाट धेरै जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार आगो भवनको दोस्रो तलामा लागे पनि धूवाँ भने सबै तलामा पुगेको थियो ।

अधिकारीहरूले इलेक्ट्रिक हिटरमा खराबीका कारण आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् । आगो निभाउन करिब २ सय दमकल प्रयोग गरिएको थियो ।