एजेन्सी / यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

हुथी मिलिशियाले विष्फोटक ल्यान्डमाइनहरू शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले जनाएको छ । 

OM Sai Pathibhara Hospital

सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटका विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्‌याइएको बारुदी सुरूङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।

पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन् ।