बिर्तामोड (आजको गोरखापत्र दैनिकबाट) नेपाली कांग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता साझेदार पाँच दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले गठबन्धन समन्वय समितिको बैठकमा १२बुँदे प्रस्ताव पेस गर्दै एमसीसीबारे साझा धारणा बनाउनुपर्ने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

पौडेलले भने, “आर्थिक सहयोग राष्ट्रको हितमा हुनुपर्छ । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेको छ । त्यसैले पाँच दलले स्पष्ट धारणा बनाउनुपर्छ भन्ने प्रस्ताव गरेको हुँ ।” उनले संसद्को गतिरोध हटाउन प्रयत्न गर्नुपर्ने, सर्वोच्च अदालतको गतिरोध हटाउनुपर्ने र नारायणहिटीपरिसरभित्र कुनै संरचना निर्माण गर्न नदिई, त्यसलाई प्राकृतिक मनोहर पार्कमा परिणत गर्नुपर्ने प्रस्ताव गरेको बताएका छन् ।

अन्य सरकारी जमिन, नदी किनाराका जमिन तथा राष्ट्रिय सम्पत्ति खोजबिन गरी रेकर्ड दुरुस्त राख्न लगाउने तथा तिनको उचित उपयोग र संरक्षण गराउने उनको प्रस्ताव रहेको छ ।

त्यस्तै, पौडेलले निजगढ विमानस्थल निर्माण, बूढीगण्डकी, माथिल्लो कर्णाली, सुनकोसी डाइभर्सन, भेरी डाइभर्सन, मेलम्ची र जनकपुर रेल सञ्चालनलगायतका राष्ट्रिय आयोजनाको गतिरोध हटाई कार्यान्वयन अघि बढाउने प्रस्ताव गरेको छ ।