बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् ।

एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए । संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै राष्ट्रिय सभाको निर्वाचन भएको उनको भनाइ थियो ।

निर्वाचन परिणाम एमालेका लागि अलि प्रतिकूल आउन सक्ने भन्दै त्यो आजको जनमत र आजको यथार्थ नहुने उनको भनाई छ ।