पाँचथर / पाँचथरको फालेलुङ गाउँपालिका –६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् ।

बरभञ्ज्याङका जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा रामजित राई र मनबहादुर राईका घर जलेका हुन् ।

OM Sai Pathibhara Hospital

आगलागीबाट तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो ।

बरभञ्ज्याङ फालेलुङ –६ को केन्द्रका रुपमा रहेको बजार हो । विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।